काठमाडौं, १७ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई मन्त्रालय प्रवेशमा अवरोध भएको छ । आज (बिहीबार) ११ बजे मन्त्रालयस्थित् कार्यकक्ष प्रवेश गर्ने क्रममा मन्त्रालयका कर्मचारीहरूको आन्दोलनको कारण अवरोध भएको हो ।
१२ बजेलगत्तै कर्मचारीको आन्दोलन स्थगित भएको छ । उनीहरु माग पूरा नभएसम्म यसैगरि दुई घण्टा मन्त्रालयको मूल गेटमा नै धर्नामा बस्ने कार्यक्रम तय भएको छ । मन्त्रीको रुपमा अधिकारीले शपथ खाएर मन्त्रालयमा पदभार सम्हाल्न खोज्दा नै अवरोध भएको थियो ।
उनले त्यतिवेला आफूलाई माग पूरा गर्नको लागि केही समय मागेका थिए । यतिका दिन बितिसक्दापनि माग पूरा नभएको कारण अवरोध गर्न बाध्य भएको ती आन्दोलित कर्मचारीहरुको गुनासो छ । file photo