Logo

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनप्रति पूर्वमन्त्री महतोद्वारा दुःख व्यक्त



काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टीका सचिव तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनप्रति दुःख व्यक्त गरेका छन् । कामतको आज बिहान ७ः३० बजे आफ्नै जन्मथलो सिराहाको पोखरभिण्डामा निधन भएको छ ।

महतोले कामतको निधनसँगै नेपाली सांगितिक क्षेत्रले ठूलो नक्षत्र गुमाएको उल्लेख गरेका छन् । उनले कामतले नेपालको शास्त्रीय संगितलाई उचाईंमा पुर्याउनको लागि ठूलो योगदान पुर्याएको भन्दै उनलाई नेपाली जनताले सधैं सम्झिरहने पनि बताएका छन् ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि उनी एक महिनाअघिमात्रै आफ्नो जन्मथलो फर्किएको बताईएको थियो ।



प्रतिक्रिया दिनुहोस्