Logo

करिश्मा मानन्धरलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको अध्यक्षमा नायिका करिश्मा मानन्धरलाई नियुक्ती गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले मानन्धरलाई नै सो पदमा नियुक्त गर्नको लागि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङलाई निर्देशन दिएका छन् । सो पदका लागि आधा दर्जन प्रभावशाली व्यक्तिहरुको रुचि छ ।

उनीहरुले त्यहीअनुसारको दौडधूप पनि सरु गरेका छन् । प्रधानमन्त्री ओलीसँग निकै घनिष्ठ सम्बन्ध रहेका दिनेश डिसीले पनि सो पदका लागि दाबी पेश गरेका छन् ।

नायिका मानन्धरको लागि पूर्व सांसद कोमल वलीले प्रधानमन्त्री ओलीसमक्ष प्रस्ताव राखेको उच्च स्रोतको दाबी छ । अध्यक्ष ओलीले पनि बोर्डको अध्यक्षमा मानन्धरलाई नै नियुक्ती गर्नेगरि मन बनाएका छन् । मानन्धरलाई नियुक्त गर्न मन्त्री गुरुङ पनि सकारात्मक रहेको बुझिएको छ । केही समय पहिले मानन्धर मन्त्री गुरुङलाई भेटेरै बोर्डको अध्यक्ष बन्न ईच्छुक रहेको सुनाएकी थिईन् । file photo



प्रतिक्रिया दिनुहोस्