Logo

बालेनले उद्घाटन गरे वडा कार्यालयको नवनिर्मित भवन (फोटोफिचर)



काठमाडौं, १७ साउन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले वडा कार्यालयको नवनिर्मित उद्घाटन गरेका छन् । उनले जयबागेश्वरीस्थित काठमाडौं महानगरको वडा नम्बर–८ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरेका हुन् । पशुपति क्षेत्र विकास कोषको गुरु योजना लागू गर्ने क्रममा २०५९ सालमा भत्काइएको उक्त भवन २२ वर्षपछि निर्माण भएको हो ।

काठमाडौं उपत्यका मेयर फोरमले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँगको भेटवार्ता कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम बहिस्कार गरी बालेन महानगरको वडा नं. ८ को नवनिर्मित भवन उद्घाटनमा गएका हुन् । वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा महानगर उपप्रमुख सुनिता डङ्गोल पनि सहभागी थिईन् । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्