Logo

एमाले-कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लान खोजेः राजेन्द्र लिङ्देन



काठमाडौं, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था नै समाप्त पार्न खोजेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा पार्टी जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लान खोजेको बताएका हुन् ।

कांग्रेस–कम्युनिस्टहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको उनको टिप्पणी छ । नागरिक समाज र अन्य दलहरुले खबरदारी गर्दा पनि एमाले–कांग्रेसले चकचकी गरिराखेको उनले बताए । उनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधमा आएको बताए । File Photo



प्रतिक्रिया दिनुहोस्