Logo

कांग्रेसबाट बिक र तामाङ, नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त



काठमाडौं, १८ साउन । नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनीहरुको नाम सिफारिश गरेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीले उनीहरुलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

 संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको प्रधानमन्त्री को सचिवालयले जनाएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले भने निकै दिनअघि नै अरुण चौधरीलाई राज्यमन्त्रीमा सिफारिश गरेको थियो । उनलाई पनि प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

तामाङ रामेछाप, विक कपिलवस्तु र चौधरी कैलालीका हुन्।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको मन्त्रिमण्डल अहिले २२ सदस्यीय छ। संविधानले  २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने भनेको छ। 



प्रतिक्रिया दिनुहोस्