Logo

उपप्रधानमन्त्री सिंहले खुलाए एमालेसँग मिल्नुको कारण



काठमाडौं, १९ साउन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि एमालेसँग मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् ।

आज (शनिबार) नेपाली कांग्रेस काठमाडौं–१ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो स्पष्ट पारेका हुन् । यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा राजनीतिक अस्थिरता भएको उनको भनाई छ । अहिलेको कांग्रेस–एमाले गठबन्धन राजनीतिक स्थिरताका लागि बनेको उनको भनाई छ ।

उनले भने,‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ। जिम्मेवारी ठुलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।’



प्रतिक्रिया दिनुहोस्