Logo

माओवादी केन्द्रसँग एकताको अन्तिम तयारीमा विप्लव, स्थायी कमिटीले बोल्ड डिसिजन लिने



काठमाडौं, १९ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताको लागि निर्णायक कदम चाल्नेगरि गृहकार्य थालेका छन् । निकै लामो समयदेखि माओवादी केन्द्र र नेकपाबीच एकताको चर्चा चल्दै आएको छ ।

अहिले माओवादी केन्द्र सरकारबाट बाहिरिएको बेलामा अध्यक्ष प्रचण्डले पनि नेकपासँग एकताको लागि मन बनाएका छन् । पछिल्लो समय विप्लवले प्रचण्डसँग निरन्तर भेटवार्ता जारी राखेका छन् । अहिले समाजवादी मोर्चाको संयोजकको रुपमा समेत विप्लवले काम गरिरहेका छ्न ।

माओवादीसँग एकता गर्नेगरि निर्णय लिनको लागि विप्लवले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् । माओवादी केन्द्रको पनि पदाधिकारी बैठक सकिएको छ । यही साउन २५ गते स्थायी कमिटी बैठक बोलाईएको छ । त्यसअघि नै नेकपाले माओवादीसँग एकता गर्नेगरि निर्णय लिने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्