काठमाडौं, २० साउन । नेपाली कांग्रेसका सांसद तथा डलर अर्वपति डा. विनोद चौधरी भुटानमा आयोजित ड्रुक्युल्स लिटरेचर एण्ड आर्ट फेस्टिवल (Drukyuls Literature and Arts Festival) मा सहभागी भएका छन् । सो क्रममा उनले आफ्नो पुस्तक ‘मेकिङ इट बिग’ को प्रकाशनको एक दशक पूरा भएको अवसरमा पुस्तकमा केन्द्रित रहेर शोभा डि’सँग वार्तालापसमेत गरेका छन् ।
सो क्रममा उनले आफ्नो जीवनको सुरुवाती दिनदेखि सफलता हाँसिल गर्दासम्मको अनुभव साटेका थिए । उनले आफ्नो पुस्तक ‘मेकिङ इट बिग’ ले अरु धेरैलाई पछिल्लो दशकमा प्रभावित पारेको पनि सुनाएका छन् ।