खैँजडी, मजुरा, मृदंग, सारंगी, बाँसुरी, मादल, हार्मोनियम, तबला, झ्याम्टा, डम्फु लगायतका मौलिक एबम लोपोन्मुख बाजागाजासँगै भजन संस्कृतिको संरक्षणमा २०६७ सालदेखि लागिरहेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल काठमाडौं जिल्लाको प्रथम अधिवेशन तारकेश्वर नगरपालिकाको ॐकारेश्वर मन्दिर परिषरमा हिजो (शनिबार) ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
भजन प्रतिष्ठान बाग्मती प्रदेशकका १२ वटै जिल्लाका अध्यक्ष धादिङबाट निश्चल सिलवाल, ललितपुरबाट यदुप्रसाद दाहाल, सिन्धुलीबाट मिनाश्री लुङ्गेली, नुवाकोटबाट बिष्णुहरि फुयाल, मकवानपुरबाट अनिता सुवेदी, काभ्रेपलान्चोकबाट कृष्ण तिमिल्सिना, सिन्धुपाल्चोकबाट साजन पराजुलीलगायत प्रदेशभित्रका केन्द्रिय सदस्यहरुको समुपस्थितिमा भब्य रुपमा अधिवेशन सम्पन्न भएको थियो।
काठमाडौं जिल्लाभित्रका ११ वटा नगरपालिकाहरु काठमाडौं महानगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिकाबाट भेला भएका सयौँ प्रतिनिधिहरुको भेलाले तारकेश्वर नगरपालिकाका मुकुन्द घिमिरेको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव, सह–कोषाध्यक्षमा क्रमशः जनार्दन अधिकारी, चन्द्रकला घिमिरे, गोपालबहादुर सिटौला, कालिका बानियाँ, कृष्णप्रसाद शर्मा, रामप्रसाद थपलिया चयन भएका छन् ।
सदस्यहरुमा धनराज पौडेल, हरिप्रसाद अधिकारी, गिरिराज अर्याल, मिना भण्डारी, भगवती बिडारी, सावित्री तिमल्सिना, उमा बिडारी, दुर्गा लामिछाने, जयन्ती रेग्मी, लोकनाथ देवकोटा, नेत्र कुमारी पान्डे, साबित्रा पाठक, पुरुषोत्तम अधिकारी, शारदा गजुरेल, उज्ज्वल मिश्र, कमला न्यौपाने, कमला लामा, सरस्वती उपाध्याय, निर्मला कट्टेल, राधिका तिमल्सिना, नवराज कोइराला, भीमबहादुर खनाल, विष्णुप्रसाद बन्जारा रहेका छन् ।
भजन प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य एवं बाग्मती प्रदेशका इन्चार्ज चर्चित लोकप्रिय गायक नवीन पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । काठमाडौं जिल्लाका उपाध्यक्ष धनराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतिष्ठानका केन्द्रिय सदस्य चन्द्रमणी गौतम, निर्वाचन मन्डलको संयोजक अधिवक्ता शम्भु नेपाल, गोविन्द नेपाललगायत रहेका थिए ।
लोपोन्मुख बाजागाजा एबम भजन संस्कृतिको संरक्षणमा तल्लिन रहेको यो संस्था नेपालका ५२ जिल्लामा विस्तार भएको छ। काठमाडौं जिल्ला अधिबेशनलाई ॐकारेश्वर भजन समूह, तारकेश्वर मन्दिर व्यवस्थापन समिति एवं वशन्तपुर टोल सुधार समिति तारकेश्वरको विशेष सहयोग रहेको थियो। सो अवसरमा विभिन्न भजन समूहहरुको आ–आफ्नो भजन प्रस्तुति गरेका थिए ।