Logo

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा जम्मा १४ मत



काठमाडौं, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत मागेका थिए ।

उनलाई एमाले र कांग्रेसका २३ सांसदले विश्वासको मत दिएका हुन् । संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा जम्मा १४ मत खसेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्