काठमाडौं, २२ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नयाँ दिल्ली प्रस्थान् गरेका छन् । दुई दिने भ्रमणको लागि उनी आज त्यसतर्फ प्रस्थान् गरेको उनको सचिवालयले जनाएको छ ।
उनी के कस्तो भ्रमणको लागि त्यता गएका हुन भन्ने खुलाईएको छैन् । पछिल्लो समय राउतले आफ्नो विदेश भ्रमण बढाईरहेका छन् । उनी केही समयअघि अमेरिकाको लामो भ्रमण सकाएर स्वदेश फर्किएका थिए ।
दिल्ली उड्नुअघि राउतले बंगलादेशको हालैको आन्दोलनबारे टिप्पणी गर्दै नेपालमा पनि महाआन्दोलनको आवश्यकत्ता औंल्याएका थिए । बंगलादेशी जनताको आन्दोलनलाई समर्थन गरेका राउतले नेपालमा पनि आलोपालोटालो सरकारकारले देशलाई कतै कुनै उँभो नलगाउने दाबी गरेका थिए । उनले केवल सबै भ्रष्टाचारीहरु मिलेर एक ठाउँमा आई आलोपालो गरी देशलाई लुट्ने र आफूहरुलाई बचाउनेबाहेक केही गर्न नसक्ने उनको ठोकुवा छ ।