Logo

युवा कानुन व्यवसायी सर्वेक्षण कार्यक्रमको सुरुवात ललितपुर बारबाट



काठमाडौं, २२ साउन । नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायी सरोकार समितिको युवा कानून व्यवसायी सर्वेक्षण कार्यक्रम सुरु भएको छ । यो सर्वेक्षण देशभरी हुने बताइएको छ । सर्वेक्षणको सुरुवात आज (मंगलबार) ललितपुर बार एशोसियसनबाट गरिएको हो ।

उक्त सर्वेक्षणमा ४० वर्ष उमेर समूहसम्मका कानुन व्यवसायीहरुले सहभागिता जनाउन सक्छन् । यसलाई ऐतिहासिक सर्वेक्षणको रुपमा लिइएको छ । सर्वेक्षणप्रश्चात तयार हुने प्रतिवेदनले कानून व्यवसायको क्षेत्रमा एक बृहत आधारशीला तय गर्न मद्धत गर्ने विश्वास लिइएको छ ।

जसको परिणाम स्वरुप ४० वर्ष वा सो भन्दा कम उमेर समूहका कानुन व्यवसायीहरुले भोगिरहेका चुनौती एवं समस्याको समाधानको निमित्त नीति, बजेट तथा अन्य क्रियाकलाप तय गर्न मद्धत पुग्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्