Logo

भारतसँगको फाइनल खेल हेर्ने प्रधानमन्त्री ओली त्रिपुरेश्वर जाने



काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने नेपाल र भारतबीचको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ ।

मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई सहजै हराएको थियो । नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदै एक–आपसमा सेमिफाइनलमा भिडेका हुन् । पछिल्लो संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करण नेपालले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्