Logo

नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा



काठमाडौं, साउन २३। सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशमा सरकार फेरबदलसँगै दुवै जनाले पदबाट राजीनामा दिएका हुन् । निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार ३ गते विक र शाहीलाई क्रमशः आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

दुवै जनाले हिजो बुधबार नै मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामापत्र बुझाएका हुन् । वर्तमान सरकारले मुख्य न्यायाधिवक्ता सम्भवतः आजै नियुक्त गर्न सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्