Logo

प्रचण्डले सुनाए आफ्नो जोश, माओवादीलाई ०८४ मा रिभाईभ गरिछाड्ने उद्घोष



काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग पार्टी बनाउन सक्ने जोश र जाँगर अझैपनि कायमै रहेको दाबी गरेका छन् । उनले माओवादीलाई आगामी २०८४ को निर्वाचनमा २०६४ को जस्तै पोजिसनमा पुर्याउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् ।

आज (बुधबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित हुम्ला–काठमाडौँ सम्पर्क समन्वय मञ्चले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले विगतमा फुटेका माओवादी शक्तिहरु विस्तारै एकताबद्ध हुनेपनि दाबी गरे ।

सो क्रममा उनले आफू जीवनकै उत्तरार्धतिर भएपनि अझै काम गर्नसक्ने जोश र जाँगर कायमै रहेको सुनाए । उनले भने,‘हुन त म जीवनको उत्तरार्धतिर छु । ७० भन्दामाथि जानु भनेको उत्तरार्ध नै हो । तर मेरो जोस २२,२५ वर्षको भन्दा कम छैन्, म अझैपनि हिँड्न र दौडन सक्छु भन्ने विश्वास छ । ‘हामीले एकचोटी मेहनत गर्यौं भने २०६४ मा भोट हाल्ने जनता पनि जोडिन्छन् । २०८४ मा जाँदा हामी साँच्चै असाधारण ढंगले रिभाइभ हुने, फेरि पुनर्जागरण हुने सम्भावना छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्