Logo

माओवादीमा गम्भीर समीक्षाको जरूरी छ, हिजो लडेभिडेका कार्यकर्ताको खोजी गरौंः महेन्द्रबहादुर शाही



काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले पार्टीभित्र गम्भीर समीक्षाको जरूरी रहेको बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब हिजो लडेभिडेका कार्यकर्ताहरु खोज्ने बेला भएको बताएका हुन् । नेता शाहीले संरक्षण गर्न नसक्दा धेरै कार्यकर्ता खाँडी मुलुक गएको बताए ।

‘हाम्रो पार्टीमा यतिखेर गम्भीर समीक्षाको जरुरी छ । किन समस्या आयो ? हिजो लडेभिडेका तमाम कार्यकर्ताहरु आज कहाँ छन् ? कता छन् ? के गर्दैछन् ? यसको हामीले खोजीनीति गरौं । हामीले कहाँनिर हो कार्यकर्ताहरुको संरक्षण गर्न नसकेको ? धेरै कार्यकर्ताहरु अहिले खाँडी मुलुकमा छन्,’– उनले भने ।

द्वन्द्व कालमा पटक–पटक गरी दुई हजार छ यसको संख्यामा युवाहरुलाई भर्ती गराएको र प्रशिक्षण गराएको स्मरण गराउँदै उनले ती युवाहरुको खोजी गर्न आवश्यक रहेको बताए । कार्यकर्ता फिल्डमा नहुँदा माओवादीको सहभागितका कमजोर भएको उनको भनाइ छ ।

साथै, उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा सरकार बन्ने दाबी गरे । माओवादीमा अहिले प्रचण्डको विकल्प नै नरहेको उनको दाबी छ । ‘मलाई लाग्छ यो पार्टी बन्छ । अध्यक्ष कमरेड प्रचण्डकै नेतृत्वमा यो पार्टी बन्छ । यो बाहेक अर्को विकल्प छैन,’– उनले भने ।

त्यस्तै, माओवादी अब नफुट्ने उनको दाबी छ । उनले माओवादीबाट फुटेर गएकाहरुले भोगिसकेको बताउँदै अब फुटेर अर्को माओवादी बन्न नसक्ने ठोकुवा गरे । ‘यहाँ कुरा उठ्ने गरेको छ, पार्टी फुट्ने हो कि के हो ? यो पार्टी फुट्दै फ्ुट्ैन । यो कुरा लेखेर राख्नुस् । यो पार्टी एक दुई तीन फुट्दैन । फुटिसक्यो, फुट्नेहरुको भोगिसके । माओवादी पार्टी फुटेर अर्को माओवादी पार्टी बन्न सक्दैन,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्