Logo

यस्तो अवस्थामा फेला पर्‍यो एयर डाइनेस्टीको दुर्घटनाग्रस्त हेलिकप्टर (तस्विरहरु)



काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीकफ हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट त्रिशूली उडेको एयर डाइनेस्टीको ९-एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा सवै ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । क्याप्टेन अरुण मल्लले सो हेलिकोप्टर उडाएका थिए । त्यसबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो । तस्विर: नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्