Logo

१५ दिनको अन्तरमा दोस्रो हवाई दुर्घटना, २३ जनाको निधन, एक जना घाइते



काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट त्रिशूली उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा सवै ५ जनाको मृत्यु भएको छ ।

क्याप्टेन अरुण मल्लले सो हेलिकोष्टर उडाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । त्यसबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो । काठमाडौंबाट उडेको ३ मिनेटमा नै हेलिकोष्टरसँगको सम्पर्क विच्छेद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै उद्धारका लागि त्यहाँ प्रभु एयरको हेलिकोष्टर पठाएको जनाएको छ । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं। ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

यसैबीच १५ दिनको अन्तरमा नेपालमा लगातार दुईवटा हवाइ दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन् भेन एक जना गम्भीर घाइते भएका छन् । यसअघि साउन ९ गते काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरको जहाज काठमाडौंमा दुर्घटना हुँदा चालक मनिषरत्न शाक्यबाहेक सबै १८ जनाले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्