काठमाडौं, २३ साउन । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा आज (बुधबार) नुवाकोटमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाको विषयमा छलफल गरिएको छ । सो दुर्घटनामा परी ४ जना चिनियाँ र एक जना नेपाली गरी ५ जनाको निधन भएको छ ।
दुर्घटनलगत्तै प्रधानमन्त्री ओलीले काठमाडौंमा उपलब्ध मन्त्रीहरुको उपस्थितिमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी गरिएको उच्च स्रोतको दाबी छ ।
यसअघि उर्जामन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएका छन् । मन्त्री खड्का यतिवेला निजी भ्रमणमा अमेरिकामा छन् । विभिन्न उद्योगहरुसँग विद्युतको बाँकी बक्यौता उठाउने विषयमा कुलमानले लिएको अडानमा ती दुई सञ्चालक सदस्यहरुको साथ थियो । उता, कांग्रेस र एमालेले भने कुलमानकै कारण उद्योगीहरुसँग बाँकी बक्यौता उठाउन ढिला गरिएको आरोप लगाएका छन् । file photo