Logo

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको ‘पोस्टमार्टम’ आज



काठमाडौं, साउन २४ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो ।

अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टमपछि आजै आफन्तलाई र सम्बन्धित निकायलाई शव हस्तान्तरण गरिने छ। बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको थियो।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको हो।



प्रतिक्रिया दिनुहोस्