Logo

जलनको उपचार निःशुल्क, राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था



काठमाडौं, २७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अबदेखि जलनको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो जानकारी गराएका हुन् । मन्त्री पौडेलले संघ र प्रदेशअन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने जानकारी गराएका हुन् ।

संघ र प्रदेशका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनको भनाई छ । सो क्रममा उनले राष्ट्रियय खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने पनि घोषणा गरे । निःशुल्क जाँचको व्यवस्था भने बाँसबारीमा रहेको सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा गरिने व्यवस्था मिलाईएको उनको भनाई छ ।

Photo By Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्