Logo

गैरकानूनी रूपमा भित्र्याइएका सामान बरामद



पर्सा, ३० साउन । भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार रुपैयाँ बराबरका सामान जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए। बरामद भएका सामानमा लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टसलगायत छन्।

प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो।

यो अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरले ३४ करोड २७ लाख ७८ हजार ३३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो।



प्रतिक्रिया दिनुहोस्