Logo

संसदीय विशेष समितिले आज पनि कैदीबन्दीसँग बयान लिँदै



काठमाडौं, साउन ३० । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज पनि कैदीबन्दीसँग बयान लिँदैछ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले आज पनि बयान लिन लागिएको हो ।

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ भने दुई जनाको बयान लिने क्रम जारी छ। समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ। सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने समितिको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्