काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असोज १ र २ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले सातै प्रदेशमा असोज १ र २ गते सम्मेलन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी) मा छलफल हुनेछ ।