Logo

जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै, जनअभियानका लागि नेताहरुको कार्यविभाजन आजै हुने



ललितपुर (सानागाउँ) ३०, साउन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक, सांगठनिक एवं कार्यविभाजन प्रतिवेदनमाथि अहिले छलफल भइरहेको छ । बैठकको आज चौथो दिन सबै प्रतिवेदन पारित गरी केन्द्रीय सदस्यहरुको कार्यविभाजनसँगै बैठक सम्पन्न हुनेछ ।

ललितपुरको सानागाउँमा २७ साउनबाट सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकेर संगठन निर्माणमा खटाउन चार महिने जनअभियानको लागि नेताहरुको कार्यविभाजन हुनेछ ।

पार्टी अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा मंगलबार ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । सो प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण लगायत बिषयहरू उल्लेख छन् ।

जसपा नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चारमहिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्ताव पारित गरिसकेको छ ।

यसपछि, केन्द्रीय सदस्यहरूलाई आधारभूत चार महिनाको लागि सङ्गठन निर्माण जनअभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ ।

देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई आजको बैठकबाट पारित गर्ने कार्यसूचि पनि रहेको छ।



प्रतिक्रिया दिनुहोस्