Logo

टिआरसी आयोगलाई नाममात्रै नभएर काममा पनि स्वतन्त्र र निश्पक्ष बनाउन रवि लामिछानेको अपिल



काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसीसम्बन्धी आयोग बनाईए ऐन कार्यान्वयनमा समस्या आउनेतर्फ सचेत गराएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले आयोगलाई नाममा मात्रै नभएर काममा पनि स्वतन्त्र र निश्पक्ष बनाउनको लागि अपिल गरेका छन् ।

उनले संक्रमणकालिन न्याय छिटो टुँग्याउने विषयमा आफ्नो दलको सधैं साथ र सकारात्मक सहयोग रहने पनि विश्वास दिलाए । उनले पीडितलाई न्याय दिलाउन ढिलाई गर्न नहुने धारणा राखे ।

उनले लोकतन्त्रलाई नै आफूहरुले जीवन पद्धती बनाएको उल्लेख गर्दै अरु दलले साँच्चिकै यसरी लोकतन्त्रलाई जीवन पद्धती बनाएका छन् त ? भनेर प्रश्न पनि तेर्साए । सो क्रममा उनले कांग्रेस र एमाले दुई ठूला दल एक ठाउँमा आउनुको परिस्थिति आफूहरुले नदेखेको र दलले स्विकार नगर्ने टिप्पणी गरे ।

उनले लोकतन्त्रलाई नै आफूहरुले जीवन पद्धती बनाएको उल्लेख गर्दै अरु दलले साँच्चिकै यसरी लोकतन्त्रलाई जीवन पद्धती बनाएका छन् त ? भनेर प्रश्न पनि तेर्साए । सो क्रममा उनले कांग्रेस र एमाले दुई ठूला दल एक ठाउँमा आउनुको परिस्थिति आफूहरुले नदेखेको र दलले स्विकार नगर्ने टिप्पणी गरे । उनले भने,‘दुई ठूला दल दुई तरिकाले मिल्छन् । कि इथिक्स मिल्दा कि इन्ट्रेष्ट मिल्दा । इथिक्स मिल्दा जहिल्यै मिलेपनि हुन्छ । तर, इन्ट्रेष्ट मिलेर मिल्दा चाहीँ मिलेको भन्न मिल्दैन् । यो मोटाउनु र सुन्निुजस्तै हो ।’ Photo By Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्