Logo

चारवटा संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छलफल हुँदैछ?



काठमाडौं, साउन ३१ । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत अहिले बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेश हुने सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तैगरी, दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।  दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्