Logo

सिकार आरक्षको उत्तरखोलामा २५ लाखको ट्रस पुल



म्याग्दी, साउन ३१ । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु. २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरुलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्