Logo

रचना, टिका र रविको स्वरमा ‘युवाहरूको देश हो’ गीतको भिडिओ सार्वजनिक, युवा सांसददेखि विद्यार्थी नेताहरुसम्म फिचर्ड



काठमाडौं, ३१ साउन । चर्चित गायिकाहरु रचना रिमाल र टिका प्रसाई, र चर्चित गायक रवि ओडको स्वर रहेको ‘युवाहरुको देश हो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । नेश्नल युथ काउन्सिल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा युवा सांसदहरुदेखि युवा विद्यार्थी नेताहरुसम्म फिचर्ड छन् ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतको परिकल्पना रहेको गीतमा धीरज नाथ योगीको शब्द रचना रहेको छ । राजा राजेन्द्र पोखरेलले संगीत भरेको गीतमा टंक बुढाथोकी एरेन्जर हुन् ।



प्रतिक्रिया दिनुहोस्