Logo

महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा सभापतिमा शेखरको दाबी



काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १५औं महाधिवेशनमा नेतृत्वमा उठ्ने बताएका छन् । पछिल्लो समय १५औं महाधिवेशन समयमै गरिनुपर्ने विषयमा केन्द्रीय कमिटी बैठकमा जोडदार रुपमा कुरा राख्दै आएका शेखरले आफू सभापतिमा उठ्ने र स्वभाविक दाबेदार रहेको स्पष्ट पारेका छन् ।

शेखरकै समूहमा रहेका महामन्त्री गगनकुमार थापाले पनि १५औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । तर, शेखरले भने आफू १४औं महाधिवेशनमा सभापतिमा शेबरहादुर देउवासँग पराजित भएकोले आगामी महाधिवेशनमा स्वभाविक दाबेदार रहेको स्पष्ट पारेका छन् ।

आज (बिहीबार) विराटनगर विमानस्थलमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूले १५औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि देशव्यापी रुपमा पार्टीको अभियान चलाएको र कार्यकर्ताहरुसँग साक्षात्कार गरिसकेको पनि स्पष्ट पारे । १५औं महाधिवेशनमा शेरबहादुर देउवाले भने कसलाई अघि सार्छन् ? भन्ने विषय अहिले पखाईको विषय बनेको छ । देउवा समूहमा नेतृत्वको लागि आधा दर्जन नेताहरुको दौडधूप छ । file photo



प्रतिक्रिया दिनुहोस्