Logo

अमेरिकी उप-विदेशमन्त्री वर्माको दौडधुप प्रधानमन्त्रीपछि परराष्ट्रमन्त्री राणासँग गरे भेटवार्ता



काठमाडौं । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्मा बिच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । उनले आजै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्