काठमाडौं, १ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुने नेताहरुले जनाएका छन् ।
दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन् । आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित् हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए ।
बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहकाअनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाडलगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै ती आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र आगामी दिनमा कसरी अगाडी बढाउने भन्ने बारेमा समेत छलफल र योजनाको बनाईनेछ ।
यसैगरी शिक्षक दरबन्दीका लागि मधेशमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।
तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गरिने नेताहरुले जनाएका छन् । यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार गरिनेछ । खासगरी नेताहरुको जिम्मेवारी हेरफेर गरिँदा आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने प्रवक्ता साहले जनाएका छन् । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुको कार्यविभाजन गर्दैै शसक्त रुपमा अगाडी बढने उनले बताए ।