Logo

जसपा, नेपालको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक, प्रदेशका मन्त्रालयहरु घटाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग



काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको यही साउन २७–३० सम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । जसमा विभिन्न चरणमा भएका आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईदेखि उनीहरुको मुद्दा खारेजीको विषय समावेश गरिएको छ ।

जसपा, नेपालले संघीयता कार्यान्वयनको सम्बन्धमा तत्काल प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारहरुलाई प्रहरी हस्तान्तरण गरिनुपर्ने माग राखेको छ । यसतै, निजामती ऐन संसद्बाट पारित गरी कर्मचारी समायोजनसम्बन्धी बाँकी कार्यपनि सम्पन्न गरिनुपर्ने माग छ ।

बैठकले प्रदशे सरकारमा मन्त्रालयहरुको संख्या घटाउनुपर्ने माग गरेको छ । बैठकले स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहनेगरि राख्न आवश्यक संवैधानिक तथा कानूनी व्यवस्था गरिनुपर्ने निर्णय गरेको छ । उसले संविधानमा संशोधन गरी जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणालीको व्यवस्था गरिनुपर्ने भनेको छ ।

यस्ता छन् जसपा, नेपालको केन्द्रीय कमिटीले गरेको निर्णयहरु



प्रतिक्रिया दिनुहोस्