Logo

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, राजनीतिक विमर्श



काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गरेका छन् । सो भेटमा केही राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । देउवासँगको भेटवार्ताको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्–

आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।



प्रतिक्रिया दिनुहोस्