काठमाडौं, भदौ २ । तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दाआश्रमका बृद्ध,बृद्धालाई भोजन दान र खाद्यान्न तथा तरकारी हस्तान्तरण गरेका छन् ।
बस्यालले सहयोग हस्तान्तरण गर्दै घरबार बिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन खोजेको बताउँदै होटेल, रेष्टुरेन्टमा एक महिना अगाडि नै दर खाने कार्यक्रमले तिजको वास्तविक महत्त्व नै ओझेलमा परेको र यी पर्वलाई सामाजिक क्षेत्रमा जोड्दै जानु आजको आवस्यकतामा रहेको बताए ।
दैनिक लुम्बिनीका सह–सम्पादक टिआर शर्माले युवाको अगुवाईमा भएका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन हुने र मानवीय सेवा प्रति सबैलाई प्रेरित गर्न ठूलो भुमिका रहने बताए ।
कलिलो उमेरबाटै सामाजिक कार्यमा लागेका बस्यालको कार्यको सबैले अनुशरण गर्नुपर्ने शर्माले बताए । बस्यालले एक घर एक लालीगुंरास अभियान समेत चलाउंदै आएका छन् ।