
काठमाण्डौ, भदौ २ । गायन रियालिटी सो ‘द भ्वाइस किड्स–सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले उपाधि जितेकी हुन् ।
जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । फाइनलमा दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।