Logo

परराष्ट्रमन्त्री डा. राणालाई मोदीसँग भेट गराउनेगरि भारतीय पक्षको गृहकार्य



काठमाडौं, २ भदौ । भारत भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने बुझिएको छ । भारतीय अधिकारीहरुले मन्त्री राणालाई प्रधानमन्त्री मोदीसँग भेट गराउनेगरि तयारी थालेका छन् ।

पाँच दिने भ्रमणको लागि मन्त्री राणा आज (आइतबार) भिस्तारा एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली गएकी हुन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेट तय भएको भएपनि मोदीसँगको भेटबारे केही भनिएको छैन् ।

तर, दुवै तर्फका परराष्ट्र मन्त्रालयका उच्चस्तरका कर्मचारीहरुले मोदीसँग पनि मन्त्री राणाको भेटवार्ता मिलाउन लागिपरेका छन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री राणा त्यता गएकी हुन् । उनलाई भारतले विशेष महत्व दिएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।



प्रतिक्रिया दिनुहोस्