Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश



काठमाडौं, २ भदौ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आज (आइतबार) न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो ।

झाका कानून व्यवसायीहरुले उनलाई धरौटीमा रिहा गर्न माग गरेका थिए । झाको तर्फबाट बहस गर्ने वकिलहरुमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, पुरुषोत्तम अर्याल र मणिराम उपाध्याय छन् ।

झाले यो प्रकरणमा आफ्नो तर्फबाट इन्कारी बयान दिएका छन् । उनको बयानमार्फत माथिल्लो तहको राजनीतिक संलग्नता खुल्ने प्रहरीको अनुमान थियो । file photo



प्रतिक्रिया दिनुहोस्