Logo

बंगलामुखी मन्दिर नजिकको एक घरमा ‍भिषण आगलागी



काठमाडौं, भदौ ३ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरको तेस्रो तलामा भिषण आगलागी भएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आगलागी नियन्त्रणको लागि ललितपुर महानगरको तीनवटा दमकल, एउटा ट्याङ्कर र जना नगर प्रहरी परिचालन भएका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउँन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्