Logo

जनताको अधिकार खोस्न खोजेको भनिएकोमा उपप्रधानमन्त्री सिंहको गुनासो (भिडिओसहित)



काठमाडौं, ३ भदौ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाईएको स्पष्ट पारेका छन् । उनले आफूहरु जनताको पक्षमा नै संविधान संशोधन गर्न अग्रसर रहेको स्पष्ट पारे । उनले अहिले बाहिर प्रचार भएजस्तो संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनिएको कुरामा सत्यता नभएको जिकिर गरे ।

आज (सोमबार) काठमाडौंमा आयोजित श्री नेवाः सम्पर्क समूहको ३१औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकार कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन।’ file photo



प्रतिक्रिया दिनुहोस्