Logo

करेन्ट नुडल्सबारे अदालतको अवहेलना हुनेगरि दुष्प्रचार भएको भन्दै यशोदा फुड्स प्रा.लि.को गम्भीर ध्यानाकार्षण (विज्ञप्तीसहित)



काठमाडौं, ३ भदौ । यशोदा फुड्स प्रा.लि.ले आफ्नो कम्पनीको उत्पादनको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा आपत्ति जनाएको छ । उसले सम्मानित अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको भन्दै प्रा.लि.ले गम्भीर ध्यानाकार्षण भएको कुरा आज एक विज्ञप्ती जारी गर्दै आएको छ ।

करेन्ट नुडल्स नामको ट्रेडकमार्क, लेबलसमेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउलगायतका वस्तु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । कम्पनीले प्रयोग भैरहेको ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा लेबल डिजाईन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको छ ।

यस्तो छ कम्पनीले जारी गरेको विज्ञप्ती



प्रतिक्रिया दिनुहोस्