काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतसँगको नेपालको सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेकी छिन् । भारतको चार दिने भ्रमणको लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणाले आजमात्रै भारतीय समकक्षी डा. एश जयशंकरसँग भेटवार्ता गरेकी छिन् । सो भेटमा द्धिपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको उनको भनाई छ ।
जयशंकरसँगको भेटको तस्विर साझा गर्दै मन्त्री राणाले फेशबुक पेजमा लेखेकी छिन्–
भारतीय विदेशमन्त्री श्री एस। जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।