Logo

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी छिन् । भेटवार्ताको क्रममा उनले मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोसमेत हस्तान्तरण गरेकी छिन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल र भारतबीचको सम्बन्ध र यसको बहुआयामिक विविधताको विषयमा कुराकानी भएको मन्त्री राणाले जनाएकी छिन् ।

मोदीसँगको भेटवार्ताको तस्विर साझा गर्दै मन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छिन्-

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।



प्रतिक्रिया दिनुहोस्