काठमाडौं, ४ भदौ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग भेटवार्ता गरेका छन् । चन्दलाई भेट्नको लागि थापा आज उनकै निवासमा पुगेको जनाईएको छ । सो भेटमा अहिलेको घट्नाक्रम र भ्रष्ट तन्त्रको अन्त्यको लागि राष्ट्रवादी आन्दोलनको आवश्यकत्ता औंल्याईएको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए ।
सो भेटमा थापाले चन्दको पछिल्लो स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए । पछिल्लो समय थापाले नयाँ आन्दोलनको लागि राष्ट्रवादी नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । उनले अहिलेको व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने निश्कर्ष निकालेका छन् ।