Logo

प्रचण्डजी तयार भएको नयाँ यात्रा सुरू हुन्थ्यो : शंकर पोखरेल



काठमाडौं, ४ भदो । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नमानेको खुलासा गरेका छन् । कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएपछि पनि माओवादीलाई पनि सरकारमा सहभागी गराउनको लागि आफूहरुले पहल गरेको भएपनि दाहालले अस्विकार गरेको पोखरेलको भनाई छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आज (मंगलबार) अनुपम फूडल्याण्डमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो खुलासा गरेका हुन् । उनले कांग्रेस र एमालेको अहिलेको सरकारमा माओवादीपनि मिसिएको भए मुलुकमा नयाँ यात्राको आरम्भ हुने थियो भन्ने धारणा राखे ।

उनले भने,‘प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो। एउटा नयाँ यात्रा सुरु हुन्थ्यो। त्यो दृष्टिकोणका साथ सहकार्यको आरम्भ गरेका थियौं भन्ने सच्चाइलाई पनि बुझ्नुपर्छ।’ तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्