Logo

देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि विश्वासमा लिएर गर्ने स्पष्ट पारेका छन् । उनले आफूले धेरै सोचेर नै एमालेसँग सत्ता–सहकार्य थालेको स्पष्ट पारे ।

आज (मंगलबार) काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पारे ।

देउवाले भने,‘ओलीजी र मबीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनुपर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने छैन । ओलीजीसँग धेरै सोचिविचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौं । अरुको खिलाफमा हुँदै होइन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्