Logo

शिक्षामन्त्रीको माग : ‘गृहमन्त्रीज्यू त्रिवि असुरक्षित भयो, सुरक्षा प्रबन्ध मिलाइयोस्’



काठमाडौं, भदौ ५ । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् ।

मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेकाे स्पष्टिकरण दिएकी छन्। मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयकाे सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरेकी थिइन्। आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविकाे सुरक्षा माग गरेकाे भन्दै उनकाे आलाेचना भएकाे थियाे।

त्रिविका पदाधिकारीहरूमाथि हमला गर्न खाेजेकाे र प्राध्यापकहरूलाई फाेनमा धम्की दिने गरेकाेले उनले सुरक्षाकाे माग गरेकी हुन्। आफूले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेकाे कुरासमेत उनले जनाएकी छन्।

उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्