Logo

सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा



काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले यही भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको विषयमा जानकारी गराएका हुन् ।

समितिका सभापति थापाले भने रवि लामिछाने गृहमन्त्रीको जिम्मेवारीमा रहेकै बेलामा बयान लिन खोजेका थिए । तर, बीचमा सरकार परिवर्तन भयो । लामिछानेले पनि गृह मन्त्रालयको नेतृत्बाट विदा लिनुपर्यो । थापाले लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारीमा रहकै बखत बयान लिने कुरा आफूनिकट नेताहरुसँग भन्ने गरेको चर्चा अहिलेपनि छ ।

लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको भनेर यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको बेलामा नेपाली कांग्रेसका नेताहरुले सदनसमेत अवरोध गरेका थिए । अहिले कांग्रेसबाट रमेश लेखक गृहमन्त्री छन् । लामिछानेले आफूले सहकारी ठगी गरेको प्रमाण दिए राजनीतिबाट नै सन्यास लिने भनेर कांग्रेस महामन्त्री गगन थापालाई खुला चूनौति दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्