Logo

भैँसीले मार्‍यो बाघ ! 



मकवानपुर, भदौ ६ । मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। आज बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बाघ वृद्ध अवस्थाको रहेको र भैँसीसँगको सङ्घर्षमा त्यसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले आज बिहान करिब ६ः१५ बजे निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले वन्यजन्तु र मानव बस्तीबिचको द्वन्द्वको जोखिम बढाएको छ।



प्रतिक्रिया दिनुहोस्